सिमरा झडपबारे कांग्रेस महामन्त्रीको टिप्पणी- चुनावमा आउन आग्रह गरौं, निषेधको राजनीति नचलोस्

हिमाल प्रेस ३ मंसिर २०८२ १३:४०
22
SHARES
सिमरा झडपबारे कांग्रेस महामन्त्रीको टिप्पणी- चुनावमा आउन आग्रह गरौं, निषेधको राजनीति नचलोस्

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटनाप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक दलहरूले संयमित व्यवहार अपनाउन आग्रह गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै सिमरा विमानस्थल क्षेत्रमा भएको झडप ‘दु:खद’ रहेको बताए।

महामन्त्री शर्माले प्रधानमन्त्रीको सुरक्षा र स्वतन्त्र यात्राको वातावरण बनाउन नसकिए आगामी निर्वाचन नै प्रभावित हुन सक्ने चेतावनी दिए। ‘एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ?’ उनले प्रश्न गरेका छन्।

शर्माले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी चुनावविरुद्ध उभिएको देखिएकाले त्यसलाई चुनावमा सहभागी हुन आग्रह गर्नुपर्ने बताए। मधेस प्रदेशमा एमालेले ‘सहि कर्म नगरेको’ उल्लेख गर्दै त्यसविरुद्ध राजनीतिक दबाब आवश्यक रहेको उनको भनाइ छ।

जेनजी प्रदर्शनबारे टिप्पणी गर्दै उनले अवेगपूर्ण अभिव्यक्ति नदिन नेताहरूलाई सुझाव दिए। ‘जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं,’ उनले लेखेका छन्।

तर संविधानले प्रत्येक नागरिकलाई जहाँ पनि भ्रमण गर्ने अधिकार दिएको भन्दै त्यसलाई कुण्ठित गर्ने कुनै कदम अस्वीकार्य हुने उनले बताए। ‘अधिकार दबाउन खोज्दा झनै द्वन्द्व बढ्छ,’ शर्माले लेखेका छन्।

सिमरा घटनालाई जेनजीको भावना नभई ‘त्यसको दुरुपयोग’ भन्दै शर्माले कुनै पनि पक्षले निषेधको राजनीति नगर्न आग्रह गरे। ‘सामाजिक सञ्जाल निषेधका विरुद्ध उभिने जेनजी कसैको समाज भ्रमण अधिकार विरुद्ध उभिन सक्दैनन्,’ शर्माले भने।

बारामा जेनजी र एमाले कार्यकर्ताबीच झडपपछि कर्फ्यु, सिमरा विमानस्थल ५०० मिटर क्षेत्र निषेधित

बारामा महेश बस्नेतको आगमनअघि तनाव, जेनजी र प्रहरीबीच झडप

प्रकाशित: ३ मंसिर २०८२ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast