बारामा जेनजी र एमाले कार्यकर्ताबीच झडपपछि कर्फ्यु, सिमरा विमानस्थल ५०० मिटर क्षेत्र निषेधित

हिमाल प्रेस ३ मंसिर २०८२ १२:४२
22
SHARES
बारामा जेनजी र एमाले कार्यकर्ताबीच झडपपछि कर्फ्यु, सिमरा विमानस्थल ५०० मिटर क्षेत्र निषेधित

बारा- जेनजी युवा र नेकपा एमाले कार्यकर्ताबीच सिमरा विमानस्थल क्षेत्रमा भएको प्रदर्शन, झडपपछि स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) अनुसार आज दिउँसो १२:३० देखि राति ८:०० बजेसम्म सिमरा विमानस्थल आसपासका क्षेत्रमा कर्फ्यु लागु भएको बताएका छन्।

जेनजी युवाको आन्दोलन र त्यसमध्ये केही समूह तथा अन्य राजनीतिक कार्यकर्ताबीच भएको झडपका कारण सरकारी तथा निजी सम्पत्तिमा क्षति हुनसक्ने, सुरक्षाजोखिम बढ्न सक्ने तथा परिस्थिती थप बिग्रिनसक्ने भन्दै प्रशासनले यस अवधिमा कुनै प्रकारको आवतजावत, भेला, जुलुस, सभा, बैठक वा घेराउ गर्न नपाइने जनाएको छ।

कर्फ्यु क्षेत्र जीतपुरसिमरा उपमहानगरपालिका भित्रका गण्डक नहरदेखि पथलैया सडकखण्डसम्म राजमार्गको दायाँबायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थलको वरिपरि ५०० मिटर परिधि रहनेछ।

कर्फ्युको अवधिभर अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, कुटनीतिक नियोगका सवारी तथा हवाई टिकटका आधारमा यात्रुहरूलाई सुरक्षाकर्मीको सहजीकरणमा आवतजावत गर्न अनुमति दिइने प्रशासनले बताएको छ।

प्रशासनले सबै पक्षलाई कर्फ्यु आदेशको पूर्णरूपमा पालना गर्न आग्रह समेत गरेको छ।

बारामा महेश बस्नेतको आगमनअघि तनाव, जेनजी र प्रहरीबीच झडप

प्रकाशित: ३ मंसिर २०८२ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast