सन लाइफ इन्स्योरेन्सले ‘वान मिलियन ट्रीज क्याम्पेन’ सञ्चालन गर्ने

हिमाल प्रेस ३० कार्तिक २०८२ २१:०७
2
SHARE
सन लाइफ इन्स्योरेन्सले ‘वान मिलियन ट्रीज क्याम्पेन’ सञ्चालन गर्ने

काठमाडौँ- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत लुम्बिनी वल्र्ड पिस फोरमसँग ‘वान मिलियन ट्रीज क्याम्पेन’ सञ्चालन गर्न सहकार्य गर्ने औपचारिक सम्झौता गरेको छ।

पर्यावरण संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारलाई प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाइएको यो अभियानले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा कम्पनीले लिएको छ।

कम्पनीका अनुसार यो कार्यक्रमअन्तर्गत देशभर दश लाख रुख रोप्ने लक्ष्य राखिएको छ, जसले दीर्घकालीन रुपमा वातावरणीय सन्तुलन कायम गर्ने, कार्बन उत्सर्जन घटाउने र तापक्रम नियन्त्रणमा सहयोग पुर्‍याउनेछ।

कम्पनीले यो अभियान भविष्यको पुस्ताका लागि सुरक्षित तथा दिगो वातावरण निर्माणतर्फ महत्वपूर्ण पहलका रुपमा रहने विश्वास व्यक्त गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १४८ शाखा तथा उपशाखामार्फत बिमा सेवाहरू प्रदान गर्दै आएको छ।

प्रकाशित: ३० कार्तिक २०८२ २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast