बढ्यो पेट्रोलियम पदार्थको मूल्य

हिमाल प्रेस २९ कार्तिक २०८२ २०:२६
60
SHARES
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट वृद्धि भएर आएपछि नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो। निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि भएको छ। ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

मूल्य वृद्धिपछि पहिलो वर्गअन्तर्गतका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १५८.५० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४४.५० रुपैयाँ पुगेको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ निर्धारण भएको छ। तेस्रो वर्गअन्तर्गको काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १६१ र डिजेल तथा मट्टितेलको मूल्य १४७ रुपैयाँ कायम भएको छ।

समायोजन गरिएको मूल्य शनिबार मध्यरातिबाट लागि हुने निगमले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८२ २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast