काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एस) लगायत १० दलबीच एकता घोषणा गरिएको थियो। पछि भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसमेत सोही पार्टीमा समाहित भएको थियो।
आयोगले आज (शुक्रबार) प्रमाणपत्र दिएको हो। दल दर्ताको प्रमाणपत्र लिन राजेन्द्र पाण्डे, लिलामणि पोखरेललगायत आयोग पुगेका थिए।
नेताहरुले सो प्रमाणपत्र पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, बामदेव गौतमलगायतका नेताहरुलाई हस्तान्तरण गरेका थिए।

प्रकाशित: २८ कार्तिक २०८२ १८:५४
प्रतिक्रिया



