‘हर्ष’ को गीतमा वर्षा र खगेन्द्रको रोमान्स [भिडियोसहित]

हिमाल प्रेस २८ कार्तिक २०८२ १७:२१
12
SHARES
‘हर्ष’ को गीतमा वर्षा र खगेन्द्रको रोमान्स [भिडियोसहित]

काठमाडौँ- एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ।

शुक्रबार सार्वजनिक गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन्। अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन्।

गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफीमा बनेको हो। सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको गीतमा एलिस कार्कीले संगीत भरेका हुन्। नीरकमल खड्का (मामल) को शब्द रहेको गीतमा शैलेन्द्र एम प्रधान (बाबु) को संगीत संयोजन, मिक्सिङ र मास्टरिङ छ।

फिल्म आगामी मंसिर १२ देखि प्रदर्शन हुनेछ। फिल्ममा खगेन्द्र र वर्षासहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast