गण्डकीमा विदेशी पर्यटकको संख्या २६ प्रतिशतले बढ्यो

हिमाल प्रेस २७ कार्तिक २०८२ १७:११ | Thursday, November 13, 2025
6
SHARES
गण्डकीमा विदेशी पर्यटकको संख्या २६ प्रतिशतले बढ्यो

काठमाडौँ- गण्डकीमा विदेशी पर्यटकको संख्या २६ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनअनुसार सो अवधिमा ६९ हजार ४९१ पर्यटकले गण्डकी भ्रमण गरेका हुन्।

त्यस्तै होटलको शय्या संख्या बिक्री ३.८ प्रतिशतले वृद्धि भई ७५ हजार ४ सय १९ रहेको अकुपेन्सी ३१.८४ प्रतिशत रह्यो । जुन गत वर्ष ३१ प्रतिशत थियो।

पछिल्लो समय आन्तरिक तथा बाह्य पयर्टनमा सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २५ हवाई सेवा कम्पनीद्वारा १४ हजार १५८ उडान भएको छ, जुन अघिल्लो आ.व.को तुलनामा २३.२७ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा सो विमानस्थलबाट उडान भर्ने यात्रुको संख्यामा भने एक प्रतिशतले कमी आएको छ। यस्तो संख्या ४ लाख ८७ हजार ४ सय ९३ रहेको छ भने हवाई सेवा कम्पनीको सिट उपयोग क्षमता ७९.१३ प्रतिशत रहेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वटा हवाई कम्पनीमार्फत् २४ वटा अन्तर्राष्ट्रिय उडान भई १३५ जना यात्रुले उडान भरेका छन्।

प्रकाशित: २७ कार्तिक २०८२ १७:११ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast