बक्यौता नबुझाएका अधिकांश डेडिकेटेड तथा ट्रंक लाइन उद्योगले पहिलो किस्ताको रकम बुझाए : मन्त्री घिसिङ

हिमाल प्रेस २७ कार्तिक २०८२ ९:१२ | Thursday, November 13, 2025
10
SHARES
बक्यौता नबुझाएका अधिकांश डेडिकेटेड तथा ट्रंक लाइन उद्योगले पहिलो किस्ताको रकम बुझाए : मन्त्री घिसिङ कुलमान घिसिङ। फाइल तस्बिर

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बक्यौता नबुझाएका अधिकांश डेडिकेटेड तथा ट्रंक लाइन उद्योगले पहिलो किस्ताको रकम बुझाएको बताएका छन्। उनले सामाजिक सन्जालमा जानकारी दिँदै विद्युत् बक्यौता पहिलो चरणको उठिसकेकाले अब असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।

मन्त्री घिसिङले विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अव सो समस्या हटेको बताए। मन्त्री घिसिङले भनेका छन्, ‘विगतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रंक लाइन संरचनामार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ। यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ।’

नेपाल विद्युत् प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको उनले उल्लेख गरेका छन्।

प्रकाशित: २७ कार्तिक २०८२ ९:१२ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast