कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

हिमाल प्रेस २७ कार्तिक २०८२ ७:०५
6
SHARES
कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै फाइल तस्बिर।

म्याग्दी- कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुंगा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ ।

‘तेह्र किलोमिटर लामो मालढुंगा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ’, उनले भने ।

यसअघि मालढुंगा–बेनी सडकअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो ।

मालढुंगा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित: २७ कार्तिक २०८२ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast