त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियाको प्रगतिबारे प्रधानमन्त्रीले गरिन् जानकारी माग

हिमाल प्रेस २५ कार्तिक २०८२ १६:३३
4
SHARES
त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियाको प्रगतिबारे प्रधानमन्त्रीले गरिन् जानकारी माग

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन्।

मंगलबार सिंहदरबारमा त्रिविका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी, रजिस्ट्रार प्रा. केदारप्रसाद रिजाललगायतसँग छलफल गर्दै विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी हुन्।

जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनमा भएका कामका बारेमा पनि प्रधानमन्त्री कार्कीले चासो व्यक्त गरेकी थिइन्। छलफलका क्रममा त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको धारणा राखेका थिए।

त्यस्तै छलफलम सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफैँ अग्रसर हुनुपर्ने र कीर्ते गरी जग्गा हडपिएकोबारे अलगअलग मुद्दाका रूपमा सीआईबी लगायत निकायमा जाहेरी दिनुपर्ने बताए।

प्रधानमन्त्री कार्कीले असम्बन्धित संघसंस्था र व्यक्तिहरूले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन समेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिए।

साथै यसमा दोषी देखिएकालाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८२ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast