दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स सेनाद्वारा हस्तान्तरण

हिमाल प्रेस २ माघ २०७९ २०:०६ | Monday, January 16, 2023
दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स सेनाद्वारा हस्तान्तरण

काठमाडौँ– पोखरामा यति एयरलाइन्सको दुर्घटित विमानको ब्ल्याक बक्स नेपाली सेनाले हस्तान्तरण गरेको छ।

सोमबार सेनाले घटनास्थलबाट फेला पारेको विमानको फ्लाईट डाटा रेकर्डर तथा ककपिट भ्वाईस रेकर्डर विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँच आयोगलाई हस्तान्तरण गरेको हो।

‘पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त विमानको खोज तथा उद्दार कार्यको लागि परिचालित फौजले सोमबार घटनास्थलबाट विमानको फ्लाईट डाटा रेकर्डर तथा ककपिट भ्वाईस रेकर्डर फेला पारेर सम्बन्धित निकायलाई बुझाएको छ,’ नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आइतबार यती एअरलाइन्सको एटीआर ७२ ९ एन-एएनसी विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु पुष्टि भएको छ भने तीनजना बेपत्ता भएका छन्। त्यस्तै, उद्दारको कार्य मंगलबार (भोलि) पनि जारी रहने सेनाले जनाएको छ।

प्रकाशित: २ माघ २०७९ २०:०६ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast