आगजनी तथा तोडफोडको अभियोगमा भक्तपुरबाट तीन जना पक्राउ

हिमाल प्रेस २४ कार्तिक २०८२ २१:४१ | Monday, November 10, 2025
16
SHARES
आगजनी तथा तोडफोडको अभियोगमा भक्तपुरबाट तीन जना पक्राउ

भक्तपुर- गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा सूर्यविनायक-८ स्थित प्रहरी वृत्त जगाती र चाँगुनारायण–७ को प्रहरी प्रभाग खरिपाटीमा तोडफोड तथा आगजनी गरेको अभियोगमा तीन जनालाई आज (सोमबार) प्रहरीले पक्राउ गरेको छ।

सो अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–९ पलासेका सुदीप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल भक्तपुरमा बस्दै आएका छेकु लामा र चाँगुनारायण नगरपालिका–६ खरिपाटीका ४६ वर्षीय सुरेश बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई आजै (सोमबार) अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।

प्रकाशित: २४ कार्तिक २०८२ २१:४१ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast