झुम्का कारागारमा कैदीको उपचारका क्रममा मृत्यु

हिमाल प्रेस २४ कार्तिक २०८२ १२:४५ | Monday, November 10, 2025
16
SHARES
झुम्का कारागारमा कैदीको उपचारका क्रममा मृत्यु

सुनसरी- सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ। आइतबार बिहान करिब ५:३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा भेटिएकी थिइन्।

अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा ६:१५ बजे सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

सरदार पहिलेदेखि नै डाइबिटिजका बिरामी थिइन् र नियमित रूपमा औषधी सेवन गर्दै आएकी थिइन्।

सरदारलाई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशानुसार जीउ मास्नेबेच्ने (मानव बेचबिखन) मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकिएको सो सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

प्रकाशित: २४ कार्तिक २०८२ १२:४५ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast