भारतसँग जोडिएका सिरहाका सीमानाका तीन दिन बन्द हुने

हिमाल प्रेस २३ कार्तिक २०८२ २१:११ | Sunday, November 9, 2025
12
SHARES
भारतसँग जोडिएका सिरहाका सीमानाका तीन दिन बन्द हुने

सिरहा- भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका आज (आइतबार) रातिदेखि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी गरिएको सूचनामा भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण सिरहासँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छन्। उनका अनुसार यस अवधिमा मानवीय र आकस्मिक बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने छ।

प्रकाशित: २३ कार्तिक २०८२ २१:११ | Sunday, November 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast