काठमाडौँ- यति एयरलाइन्स ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउनेमध्ये थप ११ जनाको सनाखत भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार विमानका क्याप्टेन कमल केसीसहित हालसम्म ४२ जनाको सनाखत भएको छ। गायिका निरा छन्त्याल, डा.सुशील श्रेष्ठ र सोना दिवाकरका छोराको शव पनि सनाखत भएको कास्की प्रहरी प्रमुख कास्कीका एसपी अजय केसीले जानकारी दिए।
विमानमा सवार शालिग्राम आचार्य, अनुषा गुरुङ, शिवकुमार गुरुङ, राजुसिंह ठकुरी, जमुना शर्मा, बन्दना सुनार, सीता गुरुङ, अनिल शाही र फ्रान्सेली नागरिक पास्कल एलेक्सको शव सनाखत भएको छ।
विमान दुर्घटना : हालसम्म ३६ जनाको सनाखत, अस्पतालमा आफन्त शव कुर्दै
हवाई दुर्घटना : छानबिन समितिले प्रतिवेदन बुझाउँछ तर, कार्यान्वयन हुँदैन
प्रकाशित: २ माघ २०७९ १७:२७ | Monday, January 16, 2023
प्रतिक्रिया




