विमान दुर्घटना : बिहानैदेखि उद्धार सुरु

हिमाल प्रेस २ माघ २०७९ १०:०४
2
SHARE
विमान दुर्घटना : बिहानैदेखि उद्धार सुरु

पोखरा- पोखरामा आइतबार भएको यती एयर दुर्घटनामा उद्धार कार्य आज बिहानैदेखि सुरु भएको छ। दुर्घटनाको दिन राति अबेरसम्म ६८ जनाको शव संकलन गरिएकोमा बाँकी ४ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनास्थल सेती खोंच भएकोले उद्धारमा कठिनाइ भएको उद्धारकर्ता बताउँछन्। संकलित शवमध्ये २६ जना मृतकको पहिचान भएको छ। पहिचान भएका शव आजमात्र आफन्तलाई जिम्मा लगाइने भएको छ। दुर्घटनास्थलमा फेला परेकामध्ये ६३ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) ल्याइएकोमा २६ जनाको सनाखत भएको छ।

कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले अन्यको सनाखत हुन बाँकी रहेको जनाए। सनाखत भएकाहरुमा पोखरा १३, काहुँडाँडाका २७ वर्षे निशान्त आचार्य, पोखरा १७ घर भइ हाल बालाजु बस्ने संगतिा शाही, पोखरा ४ का डा। सुशील श्रेष्ठ, पोखरा ४ कै डा सोना दिवाकर, पर्वतको कुष्मा १ की १० वर्षे रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा १९, बाटुलेचौरककी लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षे अरुण पौडेल, उनका ११ वर्षे छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षे विजयकुमार गुरुङ, सोही ठाउँकी रचना काफ्ले पौडेल, अन्दाजी ३४ वर्षका रक्की गुरुङ छन्।

यस्तै, रुपन्देही शंकरनगर ८ का डा गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, पत्रकार त्रिभुवन पौडेल, कावासोती ६ का ३५ वर्षे मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेन छन्।

पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ। त्यसका लागि शवको डीएनए सोमबार नै काठमाडौं पठाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।
काठमाडौँदेखि पोखराका लागि उडेको यति अयरको विमानमा चालक दलका ४ सहित ७२ यात्रु सवार थिए । बिमान आइतबार बिहान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो।

प्रकाशित: २ माघ २०७९ १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =