विमान दुर्घटना : हालसम्म ३६ जनाको सनाखत, अस्पतालमा आफन्त शव कुर्दै

विजय नेपाल २ माघ २०७९ १३:२२
22
SHARES
विमान दुर्घटना : हालसम्म ३६ जनाको सनाखत, अस्पतालमा आफन्त शव कुर्दै

पोखरा- पोखरामा आइतबार भएको यती एयर दुर्घटनामा ज्यान गुमाउनेमध्ये हालसम्म ३६ जनाको शव पहिचान खुलेको छ। यसअघि गएरातिसम्म २६ जनाको सनाखत भएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएका शवमध्ये सोमबार दिउँसो १ बजेसम्म ३६ जनाको शव पहिचान भएको अस्पताल प्रशासनले जनाएको छ।

थप पहिचान हुने शवमा पर्वतको बिहादीकी ६० वर्षीया जमुना शर्मा, पोखरा नागढुंगाका ५३ वर्षीय शालिकराम आचार्य, डा.सुशील र सोना श्रेष्ठ दम्पतीका छोरा, पोखराको नागढुंगाका २१ वर्षीय बन्दना सुनार, कास्कीको माछापुच्छे« गाउँपालिकाकी ४३ वर्षीया सीता गुरुङ, बागलुङको बडिगार्ड गाउँपालिका घर भएकी लोकगायिका २० वर्षीय नीरा छन्त्याल, पोखराको बगालेटोलकी २३ वर्षीय अनुषा श्रेष्ठ, ३७ वर्षीय शिवकुमार गुरुङ, पोखरा नदीपुरका ४४ वर्षीय राजुसिंह ठकुरी, पोखराको बगरका ३६ वर्षीय अनिल शाही, फ्रान्सका नागरिक ६० वर्षीय पास्कल एलेक्स, विमान चालक ६० वर्षीय कमल केसी हुन्।

यसअघि, हिजोसम्म २६ जनाको शव पहिचान भएको थियो । जसमा पोखरा १३, काहुँडाँडाका २७ वर्षे निशान्त आचार्य, पोखरा १७ घर भइ हाल बालाजु बस्ने संगतिा शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ, पोखरा ४ कै डा. सोना दिवाकर, पर्वतको कुष्मा १ की १० वर्षे रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा १९, बाटुलेचौरककी लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षे अरुण पौडेल, उनका ११ वर्षे छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षे विजयकुमार गुरुङ, सोही ठाउँकी रचना काफ्ले पौडेल, अन्दाजी ३४ वर्षका रक्की गुरुङ छन्।

यस्तै, रुपन्देही शंकरनगर ८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, पर्वत घर भइ हाल पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, कावासोती ६ का ३५ वर्षे मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेन छन्।

पहिचान भएका शव पोस्टमार्टमपछि मात्र आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। पहिचान नभएकाहरुको शवको डीएनए परीक्षण गरिने छ । शव बुझ्नका लागि रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृतकका परिवार, आफन्त र शुभचिन्तकको ठूलो भिड लागेको छ।

हालसम्म ६९ जनाको शव भेटिएकोमा अन्य ३ जनाको उद्धार कार्य सोमबार बिहानैदेखि सुरु भएको छ। दुर्घटनास्थल सेती खोंच भएकोले उद्धारमा कठिनाइ भएको उद्धारकर्ता बताउँछन् ।
काठमाडौंदेखि पोखराका लागि उडेको यति अयरको विमानमा चालक दलका ४ सहित ७२ यात्रु सवार थिए । बिमान आइतबार बिहान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो।

प्रकाशित: २ माघ २०७९ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + four =