आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ

हिमाल प्रेस २२ कार्तिक २०८२ ८:३९
4
SHARES
आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ प्रतिनिधिमूलक तस्बिर।

भक्तपुर- जिल्ला प्रहरी परिसरले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मध्यपुरथिमि राधेराधेस्थित यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने चार जनालाई आज पक्राउ गरको छ।

प्रहरीले आगजनी गर्ने चाँगुनारायण–२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, सानोथिमि बस्ने २३ वर्षीय सागर मगर, रामेछाप घर भई हाल सानोथिमि मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र सानोथिमि बस्ने २४ वर्षीय संजितकुमार ठाकुरलाई पक्राउ गरेको परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले जानकारी दिए।

पक्राउ परेकाहरूबारे थप अनुन्धान भइरहेको उनले जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विभिन्न कारागारबाट फरार भएका थप पाँच जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको उनले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०८२ ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast