असोजको बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी

हिमाल प्रेस २२ कार्तिक २०८२ ६:४९
4
SHARES
असोजको बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी

काठमाडौँ- गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरूमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ।

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कुल ४३४ वटा बीमा दाबीको आवेदन परेको छ ।

बीमा प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इन्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दाबीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दाबीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौँ ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दाबीको आवेदन परेको छ ।

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दाबीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दाबीको आवेदन परेको थियो ।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको वृद्धिसँगै बीमा कम्पनीमा बीमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दाबीको आवेदन परेको हो।

प्रकाशित: २२ कार्तिक २०८२ ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast