राष्ट्रिय शोकमा कर्णाली प्रदेशसभाको बैठक स्थगित

हिमाल प्रेस २ माघ २०७९ १४:५३ | Monday, January 16, 2023
राष्ट्रिय शोकमा कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत- राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको आज (सोमबार) तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ। पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो।

काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यती एयरलायन्सको एटीआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा परी दुर्घटना भएको थियो।

दुर्घटनापछि सरकारले राष्ट्रिय शोकमा आज बिदा दिएसँगै प्रदेशसभाले आज बस्ने भनेको बैठक स्थगित गरेको हो। विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेशभसाको आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए।

उनका अनुसार प्रदेशसभाको उक्त बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम माघ ३ गते मंगलबार दिनको १ बजे बस्नेगरी सूचना प्रकाशित गरिएको छ।

प्रकाशित: २ माघ २०७९ १४:५३ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast