मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि सर्‍यो कर्णाली प्रदेशसभा बैठक

हिमाल प्रेस ७ साउन २०८३ १५:२७ | Thursday, July 23, 2026
8
SHARES
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि सर्‍यो कर्णाली प्रदेशसभा बैठक कर्णाली प्रदेशसभा बैठक। फाइल तस्बिर

सुर्खेत- कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।

बिहीबार ३ बजेका लागि तय भएको बैठक सभामुख नन्दा गुरुङले सूचना जारी गरी बैठक आगामी साउन ९ गते शनिबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएकी छन्।

मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका कारण बैठक स्थगित गरिएको प्रतिपक्षको आरोप छ।

नेपाली कांग्रेस र नेकपाले गत असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए।

उक्त प्रस्तावमाथि बिहीबार मतदान हुने तयारी रहेको र दुवै दलले प्रस्तावको पक्षमा मतदान गर्ने बताएका थिए।

अब अविश्वास प्रस्तावसँग सम्बन्धित प्रक्रिया तथा सम्भावित मतदान साउन ९ गते बस्ने प्रदेशसभा बैठकमा अघि बढ्ने छ।

प्रकाशित: ७ साउन २०८३ १५:२७ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast