शरद भेषावकर
काठमाडौँ- हङकङ इन्टरनेसनल सिक्सेस-२०२५ अन्तर्गत नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। मङ कोकस्थित मिसन रोड ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ।
शरद भेषावकरको कप्तानीमा नेपाली टोली मैदान उत्रनेछ। टोलीमा सन्दीप जोरा, लोकेश बम, बशिर अहमद, आदिल आलम, रशिद खान र रुपेश सिंह छन्।
नेपाल समूह ‘ए’ मा रहेको छ जसमा अफगानिस्तान र दक्षिण अफ्रिका पनि छन्।
त्यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई, समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान र समूह ‘डी’ मा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका रहेका छन्।
प्रतियोगिताअन्तर्गत आज शुक्रबार १० वटा खेल खेलिने छ। नेपालले भने आज एक मात्र खेल अफगानिस्तानविरुद्ध खेल्नेछ।
नेपालले आगामी खेलहरूमा शनिबार दक्षिण अफ्रिका, हङकङ र कुवेतसँग तथा आइतबार यूएईविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।



