काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन्।
बुधबार काठमाडौँको भृकुटिमण्डपमा आयोजित कम्युनिस्ट पार्टी एकता कार्यक्रममा खनालले अहिले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।
अहिलेको कम्युनिस्ट एकता देशको हितमा रहेकाले आफू सहभागी भएको भन्दै उनले हिजो भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने धारणा राखे। उनले कम्युनिस्टहरू एकअर्काबीच आरोपप्रत्यारोपको शृङ्खला अब अन्त्य हुनुपर्नेमा जोड दिए।
खनालले जायज माग लिएर आन्दोलनमा उत्रिएका जेनजीहरूको आन्दोलन हाइज्याक भएर हिसांत्मक घटनामा मोडिएको समेत जिकिर गरे। देशीविदेशी प्रतिक्रियावादीले देशलाई ध्वस्त पार्न ठूलो षड्यन्त्र गरेको उनको भनाइ छ। खनालले देशलाई पुनर्निर्माण गर्ने ताकत कम्युनिस्टसँग मात्र रहेको बताए।



