अनिवार्य कम्प्युटर विषय लागु गर्न ५ अर्ब खर्च र ७ हजार शिक्षक आवश्यक

हिमाल प्रेस १९ कार्तिक २०८२ १२:४४
98
SHARES
अनिवार्य कम्प्युटर विषय लागु गर्न ५ अर्ब खर्च र ७ हजार शिक्षक आवश्यक

काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा कम्प्युटर विषय अनिवार्य गर्ने तयारी थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको निर्देशनपछि केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ संशोधन गरी छलफल अघि बढाएको हो। माध्यमिक तहमा कम्प्युटर शिक्षा कार्यान्वयन गर्न अवधारणा पत्र तयार गरी छलफल सुरु गरिएको छ।

स्रोतका अनुसार नयाँ विषय थपिँदा विद्यालयको अध्ययन समय करिब ४५ मिनेटले बढ्ने अनुमान गरिएको छ। हाल ६ घण्टा सञ्चालन हुने विद्यालय दैनिक ६ घण्टा ४५ मिनेट चलाउनुपर्ने हुनसक्छ।

कम्प्युटर शिक्षा लागु गर्न जनशक्ति र पूर्वाधार दुवै आवश्यक हुने भएकाले तत्काल लागु गर्न कठिन हुने र अध्ययन समय र विषयगत क्रेडिट आवर बढाउनेबारे समेत छलफल भइरहेको केन्द्रले जनाएको छ।

यस्तै,कम्प्युटर विषय पढाउन ७ हजार १ सय शिक्षक आवश्यक पर्ने र त्यसका लागि अर्थ मन्त्रालयसँग दरबन्दी खुलाउने विषयमा सैद्धान्तिक छलफल भइरहेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए। ती अधिकारीको भनाइमा शिक्षक दरबन्दी र पूर्वाधार विस्तार गर्न झण्डै ५ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रकाशित: १९ कार्तिक २०८२ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast