आईसीसी लिग २ : यूएईसँग अन्तिम खेल खेल्दै नेपाल, सान्तावना जित निकाल्ने योजना

हिमाल प्रेस १९ कार्तिक २०८२ ७:१५
8
SHARES
आईसीसी लिग २ : यूएईसँग अन्तिम खेल खेल्दै नेपाल, सान्तावना जित निकाल्ने योजना

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय यूएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले आयोजक यूएईसँग प्रतिस्पर्धा गर्दैछ।

खेल यूएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो। आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ।

लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको यूएईलाईसमेत नेपालसँगको खेल जित्नुपर्ने दबाब छ। अमेरिका, नेपाल र यूएई सहभागी यो शृंखलामा अमेरिका अपराजित छ।

अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ। अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको यूएईले ८ अंक मात्र बनाएको छ।

समान १९ खेल खेलेको नेपालको १२ अंक छ। तीन खेल खेलिसक्दासमेत नेपालले यूएई शृङ्खलामा अंक जोड्न सकेको छैन।

प्रकाशित: १९ कार्तिक २०८२ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast