काठमाडौँ- मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो। असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ। असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ। अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ।
प्रकाशित: १८ कार्तिक २०८२ ११:०८
प्रतिक्रिया



