काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु परीक्षा नरोकिने जनाएको छ। पोखरामा भएको हवाई दुर्घटनामा सरकारले माघ २ गते शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ।
त्रिविको मानविकी तथा समाजशास्त्र संकायले एक सूचना जारी गर्दै मानविकी संकायले सञ्चालन गरेको परीक्षा माघ २ गते नरोकिने जनाएको हो।
सूचनामा माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिएपनि मानविकी संकायद्वारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिए।
प्रकाशित: २ माघ २०७९ ७:३४
प्रतिक्रिया