जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

हिमाल प्रेस १७ कार्तिक २०८२ ७:५६ | Monday, November 3, 2025
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ- ​जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले बैठकको एजेण्डामा आआफ्नो धारणा राख्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, संगठनात्मक कार्ययोजनालगायत केन्द्रीय कार्यकारिणी समितिको बैठकको एजेण्डा रहेको बस्नेतले बताए ।

जसपा नेपालले कात्तिक १९ र २० गते ललितपुरस्थित थसी ब्यांकेटमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको उनको भनाइ छ।

प्रकाशित: १७ कार्तिक २०८२ ७:५६ | Monday, November 3, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast