मुग्लिन सडक दुईतर्फी नै खुल्यो

हिमाल प्रेस १७ कार्तिक २०८२ ७:०१
4
SHARES
मुग्लिन सडक दुईतर्फी नै खुल्यो

मुग्लिन- सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गमा अहिले दुईतर्फी यातायात सेवा सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राजमार्ग अन्तर्गत इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएनन्। प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाइएपछि गए रातिदेखि नै सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन्।

प्रकाशित: १७ कार्तिक २०८२ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast