जसपा नेपालको कार्यकारिणी समिति बैठक जारी

हिमाल प्रेस १६ कार्तिक २०८२ १८:२४ | Sunday, November 2, 2025
16
SHARES
जसपा नेपालको कार्यकारिणी समिति बैठक जारी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ।

केन्द्रीय समिति बैठकअघि जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको हो। बैठक सोमबारसम्म चल्ने पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

बस्नेतका अनुसार कार्यकारिणी समिति बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, संगठनात्मक कार्ययोजनलगायतका विषयमा छलफल भइरहेको छ।

जसपा नेपाले यही १९ र २० गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

प्रकाशित: १६ कार्तिक २०८२ १८:२४ | Sunday, November 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast