निर्वाचन आयोगले दियो हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई दलको मान्यता

हिमाल प्रेस १६ कार्तिक २०८२ १५:०५ | Sunday, November 2, 2025
10
SHARES
निर्वाचन आयोगले दियो हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई दलको मान्यता

काठमाडौँ- निर्वाचन आयोगले धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दलको मान्यता दिएको छ। सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन्।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ। उम्त पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन्।

उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन्। प्रवक्तामा अरुण गुरुङ रहेका छन्। गत असोज १२ गते आइतबार साम्पाङ आफैँ निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए।

प्रकाशित: १६ कार्तिक २०८२ १५:०५ | Sunday, November 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast