तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस १५ कार्तिक २०८२ १९:४५ | Saturday, November 1, 2025
46
SHARES
तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र–०२– ०५९ प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ भने एकजना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८२ १९:४५ | Saturday, November 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast