माओवादी–एकीकृत समाजवादी एकताको विरोधमा किन उभिए जनार्दन?

हिमाल प्रेस १५ कार्तिक २०८२ १८:०९
38
SHARES
माओवादी–एकीकृत समाजवादी एकताको विरोधमा किन उभिए जनार्दन?

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्।

पार्टी आन्दोलनमा सहिद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने र कुण्ठित गर्ने गरी भएको एकता प्रयासले माओवादी आन्दोलन विसर्जनतर्फ जाने उनले बताए।

उनले आम रुपमा समग्र कम्युनिष्ट र समाजवादको आन्दोलनलाई एकीकृत गर्ने गरी अभियान चलाउँदा पार्टीलाई नयाँ ठाँउमा लैजान सकिने जिकिर गरे।

महाधिवेशनबाट विधिसम्मत ढंगबाट नेतृत्व हस्तान्तरणमा जानुपर्नेमा त्यसलाई अस्वीकार गर्दै एकताका नाममा मनोनित गरेर आफ्ना वरिपरि सुरक्षा घेरा बनाउने प्रयत्न भइरहेको उनले आरोप लगाए।

शर्माले माओवादी आन्दोलनलाई बलियो बनाउन गम्भीर हुनुपर्ने बताए। आफ्नो लिखित धारणा राखेर शर्मा बैठकबाट बाहिरिएका थिए।

प्रकाशित: १५ कार्तिक २०८२ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast