काठमाडौँ- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो।
डिजेल र मट्टितेलमा प्रतिलिटर एक रूपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ। डिजेल र मट्टितेलको नयाँ मूल्य शुक्रबार मध्यरातिबाट लागू हुनेछ।
डिजेल र मट्टितेलको मूल्य घटाइए पनि पेट्रोलको मूल्य यथावत राखिएको निगमले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८२ २०:५१
प्रतिक्रिया



