अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह

हिमाल प्रेस १४ कार्तिक २०८२ १८:३२ | Friday, October 31, 2025
24
SHARES
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ।

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले शुक्रबार सूचना जारी गर्दै अध्ययन बिदा लिए पश्चात फर्केर सेवा नगर्ने शिक्षक र कर्मचारीलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको हो।

त्रिविले अध्ययन बिदा लिए पश्चात त्रिविमा फर्कि सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको सर्त उल्लंघन गरेको देखिएको बताएको छ।

सूचनामा अध्ययन बिदा उपभोग गरी हाजिरी नभएकारसर्तअनुसार पूरा समय काम नगरेकारसेवाबाट हटाइएकारराजीनामा स्वीकृत गरी बरबुझारथ नगरेकार राजीनामा पेस गरी स्वीकृत नभएका शिक्षक तथा कर्मचारीलाई ३५ दिनभित्र समितिको कार्यलयमा उपस्थित हुन आग्रह गरिएको छ।

प्रकाशित: १४ कार्तिक २०८२ १८:३२ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast