फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह

हिमाल प्रेस १४ कार्तिक २०८२ १७:०७ | Friday, October 31, 2025
18
SHARES
फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नगरवासीलाई घरबाट फोहोरमैला ननिकाल्न अनुरोध गरेको छ।

फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न महानगरपालिकाले नगरवासीलाई अनुरोध गरेको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको हो।

महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकाले फोहर विर्सजन गर्न नसकिएको सूचनामार्फत जानकारी गराएको हो।

प्रकाशित: १४ कार्तिक २०८२ १७:०७ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast