तुइनखोला पुल नजिकको पहिरो पन्छाइयो, मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा

हिमाल प्रेस १४ कार्तिक २०८२ १०:२१ | Friday, October 31, 2025
16
SHARES
तुइनखोला पुल नजिकको पहिरो पन्छाइयो, मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा मुग्लिन-नारायणगढ सडक। फाइल तस्बिर

काठमाडौँ- तुइनखोला पुल नजिक खसेका पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सुचारु भएको छ।

पहिरोसँगै ढुंगाहरू खस्दा केही समयका लागि सडक अवरुद्ध भएको थियो। ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिनको सहायताले पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

सडक डिभिजनले तुइन खोला क्षेत्रलाई अझै पनि पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा रहेको भन्दै यात्रु र सवारी चालकलाई आवश्यक सावधानी अपनाउन र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८२ १०:२१ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast