भारतबाट १६ नेपाली बालबालिकाको उद्धार

हिमाल प्रेस १३ कार्तिक २०८२ १९:४० | Thursday, October 30, 2025
20
SHARES
भारतबाट १६ नेपाली बालबालिकाको उद्धार फाइल तस्बिर।

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरुलाई उद्धार गरी बिहीबार जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्‍याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरुका अभिभावकको जिम्मा लगाएको हो।

उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेश प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए। यस्तै दुई बालिकालाई पनि ‘कीन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत अभिभावकको जिम्मा लगाएको छ।  रासस

प्रकाशित: १३ कार्तिक २०८२ १९:४० | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast