१ हजार ४०८ शिक्षक अवकाशको नयाँ सूची सार्वजनिक

हिमाल प्रेस १३ कार्तिक २०८२ १३:२९ | Thursday, October 30, 2025
2.6k
SHARES
१ हजार ४०८ शिक्षक अवकाशको नयाँ सूची सार्वजनिक

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले बुधबार सामुदायिक विद्यालयका शिक्षकको अनुमानित अनिवार्य अवकाश सूची सार्वजनिक गरेको छ।

किताबखानाले सार्वजनिक गरेको सूचनाअनुसार २०८२ माघदेखि २०८३ असार मसान्तसम्म अवकाशमा जाने शिक्षकको सूची तयार गरिएको हो। उक्त सूचीमा देशभरका १ हजार ४०८ शिक्षक परेका छन्।

यसअघि किताबखानाले २०८१ माघ १ देखि २०८२ असार मसान्तसम्म अवकाशमा जाने शिक्षकको सूची सार्वजनिक गरेको थियो। नयाँ सूचीमा विभिन्न जिल्लाका विद्यालयका शिक्षक समावेश गरिएका छन्।

किताबखानाले अवकाश सूची सार्वजनिक गर्नाले सम्बन्धित विद्यालयलाई आवश्यक शिक्षक व्यवस्थापन र प्रतिस्थापनका तयारी गर्न सहज हुने जनाएको छ।

यस्तो छ सूची

प्रकाशित: १३ कार्तिक २०८२ १३:२९ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast