‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

हिमाल प्रेस १३ कार्तिक २०८२ ७:५२ | Thursday, October 30, 2025
‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

काठमाडौँ- आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनमा बढ्दो क्रममा रहने महाशाखाले जनाएको हो।

कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्ने र केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउन तथा सम्भावित बाढीबाट बच्नका लागि आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सचेत गराएको छ।

प्रकाशित: १३ कार्तिक २०८२ ७:५२ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast