सुरक्षाकर्मीको आग्रहपछि प्रचण्डको पोखरा यात्रा रद्द

हिमाल प्रेस १ माघ २०७९ १६:१९ | Sunday, January 15, 2023
सुरक्षाकर्मीको आग्रहपछि प्रचण्डको पोखरा यात्रा रद्द

काठमाडौँ– दुर्घटना स्थलको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने कार्यक्रम रद्द भएको छ। प्रधानमन्त्री घटनास्थलमा जाँदा थप भिड हुनसक्ने अवस्था आउने भन्दै सुरक्षा संयन्त्रले प्रधानमन्त्री र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, नारायणकाजी श्रेष्ठको भ्रमण स्थगित गर्न आग्रह गरेको हो।

‘घटनास्थलमा प्रधानमन्त्री मन्त्री जाँदा स्वभाविक रूपमा नै भिड हुन्छ। हामी यहीं बसेर दुर्घटनामा परेकाहरूको उद्धारका लागि पहल गर्ने र त्यसतर्फ नजाने निर्णय गरियो,’ गृहमन्त्री लामिछानेले भने।

गृहमन्त्री रवि लामिछाने र अर्का उपप्रधानमन्त्री श्रेष्ठसहित प्रधानमन्त्री प्रचण्ड पोखरा जाने भनिए पनि ट्राफिक व्यवस्थापन, भिड नियन्त्रण गर्नुपर्ने अवस्थामा उद्धारकार्य प्रभावित हुनसक्ने भएकाले सो कार्यक्रम रद्द गरिएको हो।

प्रकाशित: १ माघ २०७९ १६:१९ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast