झनै घट्यो सुनको भाउ, आज २ लाख ३७ हजारमा कारोबार

हिमाल प्रेस ११ कार्तिक २०८२ ११:०१ | Tuesday, October 28, 2025
झनै घट्यो सुनको भाउ, आज २ लाख ३७ हजारमा कारोबार

काठमाडौँ- सुनको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन २ लाख ३९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला २९८० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९२० मा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि घट्दै गएको छ। तिहारपछि सुनको भाउ प्रतितोला १६ हजार ५ सय रुपैयाँ घटिसकेको छ। असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सोही दिन चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको थियो।

 

प्रकाशित: ११ कार्तिक २०८२ ११:०१ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast