बैतडीको भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा

हिमाल प्रेस ११ कार्तिक २०८२ १०:२३ | Tuesday, October 28, 2025
बैतडीको भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा

बैतडी- सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा सञ्चालनमा आएको छ। गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए। सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराएको थियो।

स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउन्ड सेवा प्रदान गरिरहेकी छिन्। यसअघि शिविर सञ्चालन भएका बेलामात्रै गर्भवतीको अल्ट्रासाउन्ड हुने गरेकामा अब नियमित रूपमा सेवा सञ्चालन हुने बताइएको छ।

स्वास्थ्य शिविरमार्फत गर्भवतीलाई अल्ट्रासाउन्डमार्फत् सेवा गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु महरा बोहराले बताइन्। अल्ट्रासाउन्ड मार्फत नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हुनेछ।

उनले भनिन्, ‘गाउँपालिकामा मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्न अभियान सञ्चालन गरिरहेका छौँ । साथै गर्भावस्थामा कुनै जटिलता भएमा समयमै पत्ता लाग्ने र यसले आमा र शिशु दुवैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास छ।’

प्रकाशित: ११ कार्तिक २०८२ १०:२३ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast