मन्त्रिपरिषद् सदस्य संख्या १० पुग्यो, प्रधानमन्त्री कार्कीले राखिन् ७ मन्त्रालय

हिमाल प्रेस ९ कार्तिक २०८२ १६:४४
36
SHARES
मन्त्रिपरिषद् सदस्य संख्या १० पुग्यो, प्रधानमन्त्री कार्कीले राखिन् ७ मन्त्रालय प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद् सदस्य संख्या १० पुगेको छ। आइतबार दुई जना मन्त्रीले पनि संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रीको संख्या १० पुगेको हो। जसमा प्रधानमन्त्री कार्कीले परराष्ट्रसहित ७ मन्त्रालय आफैँसँग राखेकी छन्।

कार्कीले परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा जेष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राखेकी छन्।

रामेश्वर खनाल अर्थसहित संघीय मामिला तथा सामान्य प्रशासन, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन्।

त्यसैगरी, ओमप्रकाश अर्यालले गृह, अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियारले कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सपथ लिएका डा.सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिएका छन्। शर्मा र गुप्तासँगै मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको भने सपथ रोकिएको छ। यसअघि प्रधानमन्त्री कार्कीले ११ जनाको मन्त्रिपरिषद् बन्ने बताएकी थिइन्।

प्रकाशित: ९ कार्तिक २०८२ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast