बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

हिमाल प्रेस ९ कार्तिक २०८२ १४:१०
12
SHARES
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बागमती प्रदेशसभा। फाइल तस्बिर।

हेटौँडा- लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ।

प्रदेशका उपसभामुख अप्सरा चापागाईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ। प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताइन्।

राजनीतिक दलका नेताहरूसँग परामर्श भइरहेको र परामर्शपश्चात प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईंको भनाइ छ। सम्भवतः काात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताइन्।

प्रदेशसभाको सभाहल जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका-२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालिएको छ।

तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको हो।

प्रकाशित: ९ कार्तिक २०८२ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast