मन्त्री सिफारिस खगेन्द्र सुनार विवादमा

हिमाल प्रेस ९ कार्तिक २०८२ १३:४७ | Sunday, October 26, 2025
मन्त्री सिफारिस खगेन्द्र सुनार विवादमा

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार विवादमा परेपछि उनीबारे थप छलफल जारी छ।

स्रोतका अनुसार सुनारलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेमा प्रधानमन्त्री सुशीला कार्की यतिखेर छलफलमा छिन्।

प्रधानमन्त्री कार्कीले केही दिनअघि सुनारसहित चार जनालाई मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन्। तर,सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएको र उनी प्रहरीको फरार सूचीमा रहेको तथ्य सार्वजनिक भएपछि उनको नियुक्ति विवादित बनेको हो।

सुनार मन्त्रीमा सिफारिस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ। उनीसँगै सिफारिस गरिएका अन्य तीन जनामा डा.सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ र बब्लु गुप्ता छन्।

प्रकाशित: ९ कार्तिक २०८२ १३:४७ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast