लेक लागेर दुई भरियाको मृत्यु

हिमाल प्रेस ९ कार्तिक २०८२ ८:१५ | Sunday, October 26, 2025
लेक लागेर दुई भरियाको मृत्यु सांकेतिक तस्बिर।

मनाङ- मनाङको नार्पाभूमि गाउँपालिकामा लेक लागेर दुई जना भरियाको मृत्यु भएको छ। दुवै जना पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर बिरामी परेका थिए।

जिल्ला प्रशासन कार्यालयका अनुसार शनिवार नार्पाभूमि गाउँपालिका-४, काङ्ला फेदीबाट फर्कने क्रममा लेक लागेर लमजुङको कोलोसोथर गाउँपालिका-४ का ४८ वर्षीय डिलबहादुर गुरुङको मृत्यु भएको हो।

लेक लागेर बिरामी भएका गुरुङलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिएका छन्।

यस्तै, नार्पाभूमि-४, याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा शुक्रबार नुवाकोट किस्पाङ गाउँपालिका-११ का ४९ वर्षीय साम्बा घलेको पनि लेक लागेर घटनास्थलमै मृत्यु भएको थियो। रासस

प्रकाशित: ९ कार्तिक २०८२ ८:१५ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast