काठमाडौँ- कात्तिकको दोस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ।
जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। समग्रमा यो साता हलमा नेपाली, हिन्दी र जापानीज फिल्म प्रदर्शन भइरहेको छ।
हलमा आठ फिल्म
वरिष्ठ बलराम
कात्तिक ६ देखि फिल्म ‘वरिष्ठ बलराम’ हलमा प्रदर्शन भइरहेको छ। फिल्म समाजभित्रको शक्ति र संघर्षको कथामा आधारित छ। फिल्ममा वरिष्ठ र बलराम दुई पात्रबीचको टकराव प्रस्तुत गरिएको छ। फिल्ममा आफ्नो इज्जत र प्रतिष्ठा बचाउन खोज्ने एक स्थापित व्यक्ति र आफूलाई स्थापित गर्न खोज्ने उदाउँदो व्यक्तिबीचको द्वन्द्व देखाइएको छ। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, पशुपति राई, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशन सुरेन्द्र पौडेल हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, सिटी स्क्वायर मल र दरबार सिनेम्याक्समा फिल्म्को सो छ।
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
सोल्टिनी
फिल्म ‘सोल्टिनी’ कात्तिक ६ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म फिल्म ‘सोल्टिनी’ प्रेमकथामा आधारित छ। ग्रामीण परिवेशमा तयार पारिएको फिल्ममा अन्तरजातीय प्रेमसम्बन्धमा देखिने सामाजिक विभेद, दुई समुदायबीचको असमानता र त्यसले निम्त्याउने संघर्षपूर्ण परिस्थिति प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बू छन्। उनीहरूबीचको प्रेम फिल्ममा देखाइएको छ। साथै फिल्ममा सुन्दर धिताल, सबु गुरूङ, सुजन खतिवडा, विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको अभिनय छ। फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। त्यस्तै, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, अष्टनारायण हल, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘सोल्टिनी’ प्रदर्शनरत छ।
मैझारो
कात्तिक ७ देखि हलमा फिल्म ‘मैझारो’ प्रदर्शनरत छ। फिल्म हास्यकलाकार विल्सनविक्रम राईको निर्देशनमा बनेको हो। यही फिल्मबाट उनले निर्देशनमा डेब्यु गरेका हुन्। प्रेमकथामा आधारित फिल्ममा एक युवकको बाल्ययकालीन प्रेम र भविष्यको अनिश्चितताबीच द्वन्द्व देखाउन खोजिएको छ। फिल्ममा धीरज मगर, मिरुना मगर, दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, सुनील थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरूङ, कविता आलेलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
जेरी अन टप
असोज ३१ देखि हलमा नेपाली फिल्म ‘जेरी अन टप’ प्रदर्शन भइरहेको छ। फिल्ममा प्रेम कथासहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल र भाटभटेनी भक्तपुरमा फिल्मकोसो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘जेरी अन टप’ चलिरहेको छ।
थामा
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, लबिम मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘थामा’ चलिरहेको अन्य हल हुन्।
एक दिवानेकी दिवानीया
बलिउड फिल्म ‘एक दिवानेकी एक दिवानीया’ नेपालमा प्रदर्शन भइरहेको छ। रोमान्टिक जनरामा बनेको फिल्मका निर्देशक मिलाप जावेरी हुन्। फिल्ममा हर्षवर्धन राणे, सोनम बाजवालगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।
चैनस म्यान
जापानीज फिल्म ‘चेनस म्यान’ नेपालमा प्रदर्शन भइरहेको छ। एनिमी जनरामा बनेको फिल्मका निर्देशक तात्सुया होसिहारा हुन्। फिल्ममा किकुनोसुके टोया, रीना उडा, फेरोज ऐ, तोमोरी कुसुनोकीलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, लबिम मल, छाया सेन्टरमा फिल्मको सो छ। त्यस्तै, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
कान्ताराः अ लेजेन्ड च्याप्टर वान
बलिउड फिल्म ‘कान्ताराः अ लेजेन्ड च्याप्टर वान’ असोज १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक ऋषभ शेट्टी हुन्। उनकै मुख्य भूमिका रहेको फिल्मको कथा पाँच हजार वर्षभन्दा पुरानो किंवदन्तीहरूमा आधारित छ। यो फिल्म सन् २०२२ मा प्रदर्शन भएको ‘कान्तारा’ प्रिक्वेल हो। फिल्ममा निर्देशक शेट्टीसहित सप्तमी गौडा, श्रीराम रेड्डी, पोलासने, रुक्मिणी वसन्त, जयराम, गुलसन देवैयालगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, सिभिल मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, लबिम मल र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। त्यस्तै, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा फिल्म चलिरहेको छ।




