मोटरसाइकल दुर्घटनामा कृषि अधिकृतको निधन

हिमाल प्रेस ८ कार्तिक २०८२ ६:५५ | Saturday, October 25, 2025
मोटरसाइकल दुर्घटनामा कृषि अधिकृतको निधन

काठमाडौँ- मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय स्याङजाका कृषि अधिकृत माधव लम्सालको निधन भएको छ।

पुतलीबजार नगरपालिका–१४ आमडाँडाको पुतलीखेत–सतौँ जोड्ने भित्री पक्की सडकखण्डमा लु५९प ३७९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

सातौँबाट पुतलीखेततर्फ आउने क्रममा ओरालो सडकबाट मोटरसाइकल अनियन्त्रित भई झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटना परी गम्भीर घाइते भएका लम्साललाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक लम्साल हाल राष्ट्रिय कृषि परियोजना एकाइ कार्यालय पोखराको कार्यालय प्रमुख थिए।

 

प्रकाशित: ८ कार्तिक २०८२ ६:५५ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast