काठमाडौँ- यूएईमा हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षणमा व्यस्त छ। नेपालले पहिलो खेल आइतबार (अक्टोबर २६) अमेरिकाविरुद्ध खेल्नेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार टोलीका खेलाडीहरूले यूएईमा अभ्यास गरिरहेको तस्बिरहरू आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको छ।
सिरिजका लागि कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरिएको छ। उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले पाएका छन्।
टोलीमा रहेका खेलाडीहरूमा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, नन्दन यादव, भीम शार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, शहाब आलम र करण केसी छन्।
प्रकाशित: ७ कार्तिक २०८२ १३:५३ | Friday, October 24, 2025
प्रतिक्रिया




